अध्यादेशबारे बाबुरामको चिन्ता- ‘ओली गए तर ओली प्रवृति कायमै रह्यो’

लोकपथ
3.7k
Shares

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।

मंगलबार साँझ ट्वीट गर्दै डा. भट्टराईले ओली गएपनि ओली प्रवृति बाँकी रहनु लोकतन्त्रका लागि चिन्ताको विषय रहेको बताए ।

उनले संसद अधिवेशन अन्त्य गरेसँगै सरकारले अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको बताए ।

उनले भने ‘ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो।जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो।’

त्यसैगरी सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रको हत्या भएको बताए । वर्तमान गठबन्धन सरकारमा साझेदार रहेपनि गलत प्रवृतिको विरोध गर्दा गलत नसम्झिन समेत बताए ।

‘अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो।गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस ! ’ डा. भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?