काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना नेताहरुलाई पार्टीले गरेको कारबाहीप्रति आपत्ति जनाएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता विष्टले नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीले विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुका लागि बल पुग्ने र पार्टी एकता गर्नेहरुलाई बल पुग्ने बताए ।
सामाजिक सञ्जालमा नेता विष्टले लेखेका छन्‘नेकपा एमालेलाई एकताबद्ध गर्न हदैसम्मको प्रयत्न चलिरहेको बेला कमरेड माधव नेपाल सहित १४ जना सांसद माथी गरिएको कारबाहीले बिभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुको लागि थप बल पुगेको छ भने एकता पक्षधरहरूलाई निराश बनाएको छ ।’
पार्टी नेतृत्वलाई हरेक समयमा संयमित र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न संभव रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीसँगै कारबाही फिर्ता लिन समेत माग गरेका छन् ।
‘हरेक संकटमा संयमीत र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न संभव छ । हामी भित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भुमिका जरुरी पर्दछ । यस्तो अवस्थामा क. नेपाल सहितका सांसदहरूमाथीको कारबाही फिर्ता लिएर एकताको लागि थप भुमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु ।’ ओलीले भने ।
आज सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल पक्षले पार्टी फुटाएर जान सक्ने भन्दै पार्टी अध्यक्ष ओलीले कारबाही गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया