डा केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री तयार

लोकपथ
364
Shares

काठमाडौं – डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएका छन् । यससँगै डाक्टर केसीको सत्याग्रह स्थगित भएको छ । डा. केसीले सरकारलाई दिएको अल्टिमेटम सकिन २ दिन बाँकी छँदा प्रधानमन्त्री देउवाले उनीसँग आज वार्ता गरेका हुन् । प्रधानमन्त्रीसँगको वार्तापछि डा केसीले एक विज्ञप्ति जारी गर्दै सत्याग्रह स्थगित भएको जनाएका छन् ।

के – के विषयमा भयो सहमती ?

प्रधानमन्त्रीले विभिन्न पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने

स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्ने

वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने

पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलको प्रतिवेदनलाई कानुनी रुप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने

प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज पु-याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने

चिकित्सा शिक्षा ऐनमा संशोधनलगायत बाँकी मागहरु तथा यसअघि नेपाल सरकारले गरेका सबै सम्झौता कार्यान्वयन गर्ने

साउन २२ गते विभिन्न ५ बुँदे माग राख्दै डा केसीले सरकारलाई अल्टिमेटम दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?