ब्राउनसुगर सहित दुई जना पक्राउ

लोकपथ
56
Shares

झापा। प्रहरीले झापा बिर्तामोड नगरपालिका ५ नयाँ बसपार्क मिलन चोक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका ५ का २३ वर्षीय सुमन तामाङ रहेका छन् ।

मंगलबार (आज) दिउसो १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर २० ग्राम र उनिहरुले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?