काठमाडौं । भदौ १ गते मंगलबार (आज) बाट रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण सुरु भएको छ ।
पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा प्रशारण हुनेछ ।
मंगलबार बिहान ८ बजेको समाचार प्रशारणपछि औपचारिक रुपमा रेडियो सञ्चालनमा आएको हो ।
स्थानीय रेडियोहरूसँगको सहकार्यमा र आफ्नो प्राविधिक पक्षमा विस्तार गर्दै निकट भविष्यमा देशभर प्रसारण गर्ने लक्ष्य रहेको बताइएको छ ।
रेडियो क्यान्डिडको प्रशारण सेवा यसको आधिकारिक फेसबुक पेज, ट्वीटर, सबैभन्दा बढी डाउलोड हुने एप ‘हाम्रो पात्रो’, खबरहब एप र रेडियो क्यान्डिडको आधिकारिक वेबसाइट www.radiocandid.com मा पनि उपलब्ध हुनेछ ।
सोही क्रममा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू सबैमा आभार प्रकट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया