काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि जानुपर्ने अवस्था आउनसक्ने संकेत गरेको छ ।
काठमाडौंमा आयोजित आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दैै नेता नेपालले आफूहरुले नयाँ पार्टी दर्ता गरेपनि पार्टी एकताको ढोका सँधै खुला रहने बताए ।
त्यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओली विसर्जवादी बाटोमा गएको बताउँदै आन्दोलनको जिम्मेवारी आफूहरुले लिनुपर्ने बताए ।
नेता नेपालले भने ‘केपी विसर्जनवादी बाटोमा गए पनि त्यो आन्दोलनको रक्षा गर्ने जिम्मा हाम्रो हो’ उनले भने ।
नेता नेपालले आउने निर्वाचनमा वाम गठबन्धन गरेर अघि बढ्ने समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया