काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ६ सय ८९ जनाको परिक्षणमा पछिल्लो २४ घण्टामा देशभर कुल १ हजार ९ सय २९ जना कोरानो संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २७ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको हो ।
पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ८ सय ७१ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया