अध्यादेशबारे योगेशले भने- ‘यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ’

लोकपथ
208
Shares

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे आपत्ति जनाएका छन् ।

पूर्व मन्त्री समेत रहेका भट्टराईले उक्त अध्यादेशले राजनीतिक दल फुटाउन सजिलो बनाउने भन्दै देशलाई घोर अस्थिरता र अराजकतातिर धकेल्ने खतरा रहेको बताए ।

ओली नेतृत्वको सरकारले यसअघि ल्याएको, अहिलेको सरकारले ल्याएको भोलि कसैले ल्याएमा यो पनि गलत हुने नेता भट्टराईले बताएका छन् ।

उनले भने- ‘राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र हो ।’

ओली नेतृत्वको सरकारले उक्त गल्ती गरेकोतिर संकेत गर्दै विगतको फोहोरी राजनीतिलाई प्रधानमन्त्री देउवाले पूरानै गल्ती दोहोर्याउनु वर्तमान नेतृत्वको घोर असफलता भएको बताए ।

उनले भने- ‘ यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । बिगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेत्रित्वको घोर असफलता हो । ’

सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले प्रधानमन्त्री देउवालाई उक्त अध्यादेश फिर्ता लिन अग्रह समेत गरेका छन् । साथै ओली र नेपाललाई मुलुक र भावी पुस्ताका लागि भएपनि उक्त कदमबाट पछि हटेर त्यागका साथ सम्झौता गर्न आग्रह गरे ।

‘आजका दिनमा प्रम शेर ब। देउपाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावि पुस्ताको भबिस्यलाई संझेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नु पर्दछ । आमको दुखत निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा नहुँदै पनि आजको संगिन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला ।’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?