अब अभिभावकले नै आफ्ना घरका बालबालिकालाई कोरोना सार्न सक्छन्

लोकपथ
494
Shares

बजारमा बढेको चहल पहललाई हेर्ने हो भने नेपालमा कोरोना भाइरसको सङ्क्रमण नै छैन भन्ने भान हुन्छ । भिडलाई होइन बिमारी हुनेहरूको सङ्ख्यालाई हेर्ने हो भने अहिले कोरोना सङ्क्रमणको जोखिम कम भएको हैन, कोरोना सङ्क्रमणको जोखिम अझ बढेको चिकित्सकहरू बताउँछन् ।

पछिल्लो पटक कोरोना सङ्क्रमण विरुद्ध सुई लगाउनेहरूको सङ्ख्यामा वृद्धि भएसँगै बजारमा चहलपहल बढी भएको देखिएको हो । सुई लगाउनेहरूमा आफूले सुई लगाएको कारण कोरोना सङ्क्रमण हुदैंन भन्ने गलत आत्मविश्वास बढेको देखिएको छ । सुई लगाउनेहरूलाई पनि सङ्क्रमण नहुने भन्ने होइन उनीहरू पनि सङ्क्रमित हुनसक्छ । यस्ता व्यक्तिहरूले बाहिरी भिडमा जोखिमका उपायहरू नअपनाउँदा कोरोना भाइरसलाई घरमा लिएर जाने सम्भावना बढ्दै जाने धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रो.डा. सुमनराज ताम्राकार बताउँछन् ।

कोरोना सङ्क्रमित आमाहरूको उपचारमा सक्रिय ताम्राकारले सङ्क्रमित गर्भवतीको शल्यक्रिया गरेर बच्चालाई सकुशल जन्माउन सघाएका थिए । पछिल्लो समय अस्पतालमा कोरोना सङ्क्रमित बालबालिकाहरू पनि आउन थालेपछि लोकपथसंग डा. ताम्राकारले गर्नु भएको भिडियो कुराकानीको अंश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?