माधव नेपालसहित १४ सांसदलाई एमालेको संस्थापन पक्षले कारबाही गर्ने (नामावलीसहित)

लोकपथ
169
Shares

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदहरुलाई कारबाही गर्ने भएको छ ।

नेपालसहित १४ सांसदहरुलाई कारबाही गरी सांसद पदबाट हटाउन संघीय संसद सचिवालयलाई पत्र पठाइसकेको स्रोतले जनाएको छ । त्यसैगरी निर्वाचन आयोगमा समेत सो बारेमा जानकारी गराइएको स्रोतको दाबी रहेको छ ।

कारबाहीमा पर्ने सांसदहरुमा नेता नेपालसहित जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री लगायतका नेताहरु रहेका छन् ।

यी हुन् कारबाहीमा पर्ने सांसदहरु :

१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?