काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पुँजीको ३० प्रतिशतले हुन आउने १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँबराबरको १७ लाख ६४ हजार १ सय ११ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले उक्त प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
कहिले आउँछ भनेर मिति तोकिसकेको छैन तर यसको आईपीओ छिट्टै आउने कम्पनीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया