काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको छ ।
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएसँगै नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको हो ।
मंगलबार ओली पक्षले केन्द्रीय सदस्यहरुको नाम थपेर निर्वाचन आयोगलाई विवरण समेत बुझाएको छ ।
एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितको टोलीले आयोगमा पुगेर अद्यावधिक गर्न लिखित आग्रह समेत गरेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो ।
नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया