अध्यादेशको विरोधमा ओली निकट अनेरास्ववियूले प्रदर्शन गर्दै

लोकपथ
77
Shares

काठमाडौं । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरुद्धमा अनेरास्ववियूले विरोध प्रदर्शन गर्ने भएको छ ।

नेकपा एमाले केपी शर्मा ओली निकट अनेरास्ववियूले सरकारले आजै ल्याएको अध्यादेशको विरोध गर्न लागेको हो ।

अनेरास्ववियू केन्द्रीय कमिटीले मंगलबार (आज) साँझ ५ बजे प्रदर्शनी मार्गमा प्रदर्शन गर्न लागेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलको समर्थन भए पुग्नेगरी अध्यादेश ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?