अध्यादेशबारे शेखर कोइरालाको प्रतिक्रिया : ‘यो कांग्रेसको संस्कार होइन’

लोकपथ
416
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे प्रतिक्रिया जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले सरकार सञ्चालनको सुविधाका लागि अध्यादेश ल्याइएपनि राजकाज गराउने सोचबाट ल्याइएमा समर्थन गर्न नसक्ने बताए ।

‘सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न।’ उनले भने ।

वर्तमान सरकारले अघिल्लो ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संसदबाट परिमार्जन र सुधारसहित पास गर्न सक्रियता देखाउनुपर्नेमा जोड दिएका छन् ।
साथै संसद अधिवेशन अन्त्य गर्दै अध्यादेश ल्याइनु प्रधानमन्त्रीको चुक भएको बताउँदै कांग्रेसले उक्त कुरालाई स्वीकार गर्न नसक्ने बताए ।

‘सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो। यो चुक प्रधानमन्त्रीबाट भयो। यो कांग्रेसको संस्कार होइन।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?