प्रदेश प्रमुखका रुपमा डा. राजेश अहिराजको १८० दिन

लोकपथ
182
Shares

काठमाडौं । प्रदेश नं २ का निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले आफ्नो कार्यकालका बारेमा समिक्षा गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो १८० दिनको कार्यकाल सुखद रहेको भन्दै नवनियुक्त प्रदेशप्रमुखलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

शेरबहादुर देउवाको सरकार आएपछि सरकारले अहिराजलाई प्रदेशप्रमुखको पदबाट हटाई हरिशंकर मिश्रलाई नियुक्त गरेको छ ।
अहिराजले आफू पदमुक्त भएपछि राज्यका कुनै पनि सुविधा नलिने बताएका छन् । ‘पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा समेत गर्दछु’, उनले भनेका छन्, ‘देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणा समेत गर्दछु ।’

उनले आफूलाई प्रदेशप्रमुख बनाउन भूमिका खेल्ने र भइसकेपछि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विज्ञप्तिमा भनेका छन्, ‘आफूले आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेशप्रमुखको भूमिकामा अवस्था र व्यवस्था नजिकबाट बुझ्ने मौका पाएँ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छ । विभेदको विरूद्धमा लड्नेहरूले विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?