दल विभाजनसम्बन्धी अध्यादेश आएसँगै नेपाल पक्षको बैठक, वामदेव पत्नी तुलसा पनि सहभागी

लोकपथ
1.2k
Shares

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भेला बोलाएको छ ।

नेपाल पक्षका नेताहरुलाई नयाँ बानेश्वरस्थित एक होटलमा भेला बोलाइएको स्रोतले जनाएको छ ।

नेता नेपालसमेत सहभागी रहेको बैठकले आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा गौतमको समेत उपस्थिती रहेको छ ।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएर दल फुटाउन सहज हुनेगरी अध्यादेश आएसँगै नेपाल पक्षले भेला बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?