वीरगन्ज, २४ चैत – वीरगन्ज महानगरपालिका-३० लालपर्सामा १२ वर्षीया बालिका बलात्कृत भएको घटना मिलापत्र गराएर सामसुम पार्ने प्रयास गरिएको छ। चैत १२ गते भएको सो घटनालाई प्रहरी चौकी परिसरमै स्थानीय जनप्रतिनिधि र प्रहरीको उपस्थितिमा पञ्चायती (छलफल) गरी मिलापत्र गराएर सामसुम पार्ने प्रयास गरिएको हो। लालपर्साका २१ वर्षीय मन्दीप यादवले बालिकालाई चैत १२ गते राति ललाइफकाइ गरी गाउँ नजिककै मकैबारीमा लगेर बलात्कार गरिरहेको अवस्थामा बालिकाका बुबाले फेला पारेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।बालिकाका बुबा मकैबारीमा पुगेलगत्तै मन्दीप मकैबारीमै आफ्नो मोटरसाइकलसमेत छाडी भागेका थिए। बालिका बलात्कारको हल्ला गाउँमा फैलिएपछि पीडित बालिकाका अभिभावक र आरोपित युवक मन्दीपका अभिभावकबीच सोही राति झगडा भएको थियो।पीडित बालिकाका अभिभावकले चैत १३ गते बिहान प्रहरी चौकीमा घटनाबारे उजुरी दिएका थिए। उजुरीमा मन्दीपले बालिकालाई अपहरण गरी बलात्कार गरेको व्यवहोरा उल्लेख थियो। पीडित पक्षको उजुरीका आधारमा चैत १३ गते नै प्रहरी चौकी परिसरमा घटना मिलापत्र गराउन पञ्चायती (छलफल) भएको थियो। छलफलमा आरोपित युवक मन्दीप, उनका अभिभावक, प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक चन्देश्वर सिंह, वडा नम्बर ३० का वडाध्यक्ष अमानत मियाँ अन्सारी, पीडित बालिकाका अभिभावक र गाउँका अगुवा सहभागी थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।नेताविहीन बन्यो राजपाकाठमाडौं, २४ चैत -आन्तरिक विवादका कारण संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसद्मा रहेका पाँचमध्ये चार राष्ट्रिय पार्टीले दलको नेता छानिसकेका छन् भने विवादका कारण राजपा नेपालले छान्न नसकेको हो ।अध्यक्ष मण्डलका संयोजक ठाकुर, सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादव संसदीय दलको नेताका आकांक्षी हुन् । तीनमध्ये कसलाई बनाउने भन्ने विवाद मिल्न नसकेपछि राजपा संसद्को पहिलो अधिवेशन अन्त्य हुँदासमेत नेताविहीन छ, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया