‘संसद् छलेर अध्यादेश ल्याउनु संविधानमाथिको जालसाजी हो’

लोकपथ
2.3k
Shares

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

यसअघि ओली सरकारले गरेको काम गलत र देउवाले गरेको काम सही नहुने भन्दै अत्यावश्यकीय काम बाहेक अरु बेला ल्याइएको अध्यादेशलाई संविधानले नस्वीकार्ने समेत बताए ।

‘हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन । असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन।’ संधिानविद् आचार्यले भने ।

सामाजिक सञ्जालमा लेख्दै डा. आचार्यलेमा जानी जानी संसदलाई छलेर अध्यादेश ल्याउनु संविधानमाथीकै जालसाजी भएको बताए ।

‘अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो।’ उनले भनेका छन् ।

यसअघि ओली नेतृत्वको सरकारले सोही अध्यादेश ल्याएको थियो । तर चौतर्फी विरोधपछि सरकारले उक्त अध्यादेश फिर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?