दल विभाजनसम्बन्धी अध्यादेशबारे गोकुल बाँस्कोटाको प्रतिक्रिया : ‘हे तेरा अग्रगमन’

लोकपथ
1.3k
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशबारे प्रतिक्रिया जनाएका छन् ।

२० प्रतिशत केन्द्रीय कमिटी राखेर नयाँ पार्टी गठन गर्न सकिने अध्यादेश ल्याएको बताउँदै सरकारको आलोचना गरेका छन् ।

‘२० प्रतिशत राखेछन् र वा कायम प्रदेश र स्थानीयमा २१ दिनभित्र घोषणा गर्नुपर्ने प्रस्ताव । हे तेरा अग्रगमन !’ उनले भनेका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुग्नेगरी पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याएको छ । यसअघि ४० प्रतिशत संख्या राख्नुपर्नेमा राजनीतिक दलसम्बन्धी अध्यादेश २०७३ लाई संशोधन गर्दै सोसम्बन्धी निर्णय सरकारले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?