भीम रावलको त्यो कविता : ‘प्रवृत्ति फेरिनुपर्छ’

लोकपथ
39
Shares

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले पार्टी एकताको लागि पहल गर्दै पात्र नभइ प्रवृत्ति परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा कवितात्मक शैलीमा लेख्दै नेता रावलले पार्टी विभाजन र एकताको परिणामहरुलाई ठण्डा दिमागले सोच्दै स्मरण गर्न पार्टी पंक्तिमा आग्रह गरेका छन् ।

त्यस्तै पार्टी कुनै व्यक्तिविशेषको नहुने भन्दै गल्ती कमजोरीमा आलोचना गर्दै अघि बढ्न समेत सुझाव दिएका दिए ।

उनले भनेका छन्- ‘कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुनेछ।पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती-कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले मान्दैन । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?