एलन मस्कको कम्पनी स्पेस एक्सविरुद्ध बेजोसले हाले मुद्दा

लोकपथ
195
Shares

काठमाडौं । नासाले एलन मस्कको कम्पनी स्पेस एक्सलाई दिएको ‘मुन कन्ट्रयाक्ट’ विरुद्ध मुद्दा दर्ता गर्न अमेजनका मालिक तथा पूर्वसीईओ जेफ बेजोस अदालत पुगेका छन् ।

स्पेस एक्स एक्लैलाई उक्त परियोजना दिनुमा नासाको केही आधारभूत समस्या रहेको भन्दै यो उचित नभएको भन्दै उनले मुद्दा दर्ता गराएका हुन् ।

नासाले सन् २०२४ भित्र चन्द्रमाको सतहमा सुरक्षित रुपमा अवतरण गर्नका लागि ‘ल्यान्डिङ क्राफ्ट’ निर्माण गर्ने परियोजना समेत अघि बढाएको छ । त्यसका लागि नासाले गएको अप्रिल महिनामा स्पेस एक्ससँग सम्झौता गरेको थियो ।

प्रारम्भिक चरणमा दुई वटा कम्पनीलाई छनोट गर्ने नासाको योजना रहेको पनि बताएको थियो । तर, बजेट अभावका कारण अन्त्यमा एउटा मात्रै कम्पनी स्पेस एक्सलाई २.९ अर्ब डलरमा उक्त कामको जिम्मा दिएको थियो ।

यसरी उक्त परियोजना मस्कको कम्पनी स्पेस एक्ससँग पुगेसँगै केही समयअघि बेजोसले ‘मुन कन्ट्रयाक्ट’ परियोजना २ अर्ब डलरमै गर्नसक्ने भन्दै आफ्नो कम्पनीलाई प्रदान गर्न आग्रह गरेका थिए ।

उक्त विषय अमेरिकाको गभर्मेन्ट अकाउन्टेबिलिटी अफिस (जीएओ)ले अध्ययनसमेत गरेको थियो । जीएओले पनि उक्त विषयमा एलन मस्कको कम्पनीलाई दिएको निर्णय ठीक भएको भनी जवाफ दिएसँगै बेजोस अदालत पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?