कांग्रेस शीर्ष नेताहरुसँग छलफलपछि देउवाले राखे मन्त्रिपरिषद् बैठक

लोकपथ
416
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

सरकारले दलसम्बन्धी लगायतका अध्यादेशहरु ल्याउन लागेको चर्चाका बीच सुरु भएको मन्त्रिपरिषद्लाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।

आजै बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए । स्रोतले दिएको जानकारीअनुसार नेताहरुसँगको भेटघाटपछि देउवाले मन्त्रिपरिषद् बैठक सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?