आर्टमाण्डुको नयाँ गीत ‘बाफ’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
49
Shares

काठमाडौं । आर्टमाण्डुले नयाँ गीत ‘बाफ’ को भिडियो सार्वजनिक गरेको छ । आर्टमाण्डुका यसअघिका ‘के माया लाग्छ र ?’, ‘तीनपाते’ जस्ता गीत निकै रुचाइएका छन् ।

गीतकार हर्क साउदको शब्द रहेको ‘बाफ’ गीतमा ‘तीनपाते’ गीतका गायक–गायिका सुजन चापागाँई र विद्या तिवारीको स्वर रहेको छ ।

नविन चौहानको कथा तथा निर्देशनमा कलात्मक शैलीमा गीतको भिडियो तयार पारिएको छ । भिडियोमा गायक प्रताप दासले मुख्य भूमिकामा अभिनय गरेका छन् । त्यस्तै शिल्पा थापा, नयन नेपाल, रञ्छेन तामाङ, निम्लामु लामा, सम्रान्त थापा, हर्क साउदलगायतको भिडियोमा अभिनय छ ।

भिडियोमा नेपाली प्रेमी र भारतीय प्रेमिकाको कथालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । दुईको बालापनदेखि वयस्क हुँदासम्मको प्रेमकथालाई भिडियोमा रमाईलो तरिकाले प्रस्तुत गरिएको हेर्न सकिन्छ ।

नेपाल–भारत सिमाका दृश्यहरुलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिएको छ । भिडियोलाई अनिश स्याङ्ग्देनले छायांकन गरेका हुन् भने सुरज पौडेलले भिडियोको सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?