नयाँ दिल्ली । भारतीय विदेश सचिव हर्षवर्धन शृंगला र कतारका विशेष दूत मुतलक बिन मजेद अल काहतानीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भेटका क्रममा सन् २०२० को फेब्रुअरीमा कतारको दोहामा भएको अफगानिस्तान शान्ति वार्ता र शान्ति प्रक्रियाबारे छलफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्चीले एक ट्वीटमा भनेका छन्, विदेश सचिव हर्षवर्धन शृंगलाले कतारका आतंकवाद विरोधी र द्वन्द्व समाधानमा मध्यस्थकर्ता विदेश मन्त्रीका विशेष दूत मुतलक बिन मजेद अल काहतानीलाई भेट गरेका हुन् ।
अफगानिस्तान शान्ति प्रक्रियाका विषयमा कतारको दोहामा भएको शान्ति वार्ता र बिग्रदो सुरक्षा स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जानकारी गराएका छन् ।
केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरले कतारका विशेष दूतलाई भेटेर अफगानिस्तानको सुरक्षा स्थितिबारे चासो व्यक्त गरेका थिए । माजेद अफगानिस्तानको शान्ति प्रक्रियाबारे छलफल गर्न दुई दिने भारत भ्रमणमा छन् ।
जयशंकरले ट्विटरमा लेखेका छन्, सुरक्षा स्थितिमा तीव्र गिरावट एक गम्भीर मुद्दा हो । एक शान्तिपूर्ण र स्थिर अफगानिस्तानको शान्ति कायम गरि समाजका सबै वर्गको अधिकार र हितको प्रवर्द्धन र संरक्षण गरिनेछ ।
अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेसँग तालिबानी समूहले आक्रमणलाइृ तीव्र बनाएको छ । तालिबानी समूहले अफगानिस्तानका धेरै राज्यहरु कब्जासमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया