लुम्बिनीमा समानुपातिक सांसद नियुक्त गरिँदै

लोकपथ
1.1k
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाँउमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ ।

सोमबार बसेको पार्टीको कार्यकारणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निमर्ला मुडभरी भट्टराईलाई सिफारिस गरेको हो ।

तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी जसपा ६ सांसदमध्ये तीन जना कारबाहीमा परेका थिए ।

जसमा सन्तोष पाण्डेय र विजयबहादुर यादव प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डेय समानुपातिक सूचीमा परेकी थिइन् ।

उनी पदमुक्त भएसँगै समानुपातिकबाट अर्को सांसद ल्याउन लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?