चर्चा दल विभाजनको अध्यादेश : महन्थ पुगे बालुवाटार

लोकपथ
1.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

सरकारले दल सम्बन्धी अध्यादेश ल्याउन लागेको हल्लाकाबीच महन्थ बालुवाटार पुगेका हुन् । मंगलबार बिहान बालुवाटार पुगेका महन्थले प्रधानमन्त्री देउवासँग दलसम्बन्धी अध्यादेश ल्याउन माग गरेका छन् ।

दलसम्बन्धी अध्यादेश ल्याएमा आधिकारिकता नपाएका बेला अफ्ठ्यारो परेको भन्दै अध्यादेशले पार्टी फुटान सक्ने भन्दै अध्यादेशका लागि प्रधानमन्त्री देउवासँग आग्रह गरेका हुन् ।

सोमबारबाट संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेको सरकारले दलसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्ने चर्चा चलिरहेको छ ।

आज महन्थसहित पूर्वमन्त्री समेत रहेका जसपा नेता शरदसिंह भण्डारीसहित अन्य ४ नेताहरुको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?