अफगानिस्तानबाट नेपाल आइपुगे १२७ नेपाली नागरिक

लोकपथ
259
Shares

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ नेपाली नागरिक नेपाल आइपुगेका छन् ।

केहिबेरअघि उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार उनीहरु एयर जर्जियाको विमानबाट काठमाडौंमा आइपुगेका हुन् ।

तालिबानले राजधानी शहर काबुल कब्जा गरेपछि उद्धार गरी कुबेत पुर्याइएका उनीहरु नेपाल आइपुगेका हुन् ।

त्यसैगरी अन्य नेपालीहरुको समेत उद्धार गर्न लागिएको छ । सरकारले विवरण संकलन गरेर उनीहरुको समेत तत्काल उद्धार गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?