लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन शुरु हुँदै, मुख्यमन्त्री केसीले सम्बोधन गर्ने

लोकपथ
182
Shares

बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुँदैछ ।

लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री कूल प्रसाद के.सी.ले सम्बोधन गर्ने कार्यसूचि रहेको छ । केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

आजको बैठकमा उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीले प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेश गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?