काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै नेकपा(एमाले)ले आपत्ति जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक वक्तव्य जारी गरी एमाले तथा कम्युनिष्ट आन्दोलनलाई नै विभाजन गर्न लागेको भन्दै आपत्ति जनाएका हुन् । पूर्व घोषित प्रतिबद्धताविपरीत प्रतिनिधिसभाको चालू अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षड्यन्त्र गरिएको अध्यक्ष ओलीले उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले नेकपा (एमाले) र एमालेको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन नसक्ने स्पष्ट पारेका छन् ।
उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरुविरुद्ध दृढताका साथ उभिन अपिल पनि गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया