राष्ट्रिय टोलीको प्रशिक्षणमा अब मात्र २८ खेलाडी, भरत खवास र विक्रम लामा बाहिरिए

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन्।

पोखरास्थित पोखरा रंगशालामा जारी राष्ट्रिय टोलीको प्रारम्भिक टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका हुन्। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३८ खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट १० खेलाडी हटाएका छन्।

आगामी साफ च्याम्पियनसिपको तयारीमा लागेको राष्ट्रिय टोलीबाट स्ट्राइकर भरत खवास, मिडफिल्डर विक्रम लामा र रक्षक रजिन धिमाल बाहिरिएका छन्। त्यस्तै गोलरक्षक विशाल सुनारसहित रन्दिप पौडेल, जर्ज प्रिन्स कार्की, राजिव लोप्चन, संजोग राई, त्रिदेव गुरुङ र सेसेहङ आङदेम्बे पनि प्रारम्भिक टोलीबाट बाहिरिएका छन्।

साफ च्याम्पियनसिप अगाडि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। भारतविरुद्धको खेल आगामी सेप्टेम्बर २ र ५ तारीखमा काठमाडौंस्थित दशरथ रंगशालामा खेलिने छ।

 

बन्द प्रशिक्षणमा रहेका २८ खेलाडी

गोलरक्षक: किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु, अर्पण कार्की

डिफेन्डर: सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द

मिडफिल्डर: सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटि, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, मनिष डाँगी, आयुष घलान, शिशिर लेखी

फरवार्ड: सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?