कुमारी बैंकले सुरु गर्‍यो स्मार्ट लगिन च्यालेन्ज अभियान, १० हजारसम्म जित्न सकिने

लोकपथ
104
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी “Kumari Smart 1-month Login Challenge” नामक अभियानको सुरु गरेको छ ।

डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले उक्त अभियान सुरुवात गरेको हो ।

उक्त अभियानमा Lucky draw मार्फत् प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले १,००० का दरले पुरस्कार प्राप्त गर्नेछन् । यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार १०,००० नगद प्राप्त गर्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुन ग्राहकवर्गहरुले सो अभियान शुरू भएको १ महिना सम्म तल मध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ ।

भोली देखि सुरु हुने सो अभियान भदौ १ गते मंगलबारदेखि लागु हुँदैछ ।

के के छन् प्रक्रिया ?

१. Kumari Smart एप मार्फत आफ्नो खाताको विवरण (Bank Statement) हेर्ने अथवा
२. टप–अप, बिल भुक्तानी, क्यूआर (QR) भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्नेछ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?