पशुपतिनाथको जग्गा प्रतिरोपनी मासिक आम्दानी ८२ रुपैयाँ !

काठमाडौं, २३ भदौ- काठमाडौं उपत्यकाभित्रको साढे चार हजार रोपनी जग्गाबाट वार्षिक आम्दानी कति होला ? तपाईंले सहजै अनुमान लगाउनुहुनेछ, अर्बौं ।तर, आराध्यदेव पशुपतिनाथ मन्दिरका नाममा रहेको ४ हजार ४ सय १३ रोपनी जग्गाबाट वार्षिक ५० लाख रुपैयाँ पनि आम्दानी हुँदैन भन्दा अचम्म नमाने हुन्छ । पशुपति क्षेत्र विकास कोषको रेकर्ड हेर्दा उक्त जग्गाबाट केबल ४३ लाख ५२ हजार ३ सय ९५ रुपैयाँ मात्र पाइन्छ । जसअनुसार मासिक प्रतिरोपनी ८२ रुपैयाँ पर्न आउँछ, अन्नपूर्ण पोअत्मा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?