अफगानिस्तानको दुखान्त : मनै दुखाउने तस्बिर र भिडियोहरु सार्वजनिक

लोकपथ
10.3k
Shares

काठमाडौं । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ ।

धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु दौडिरहेको भिडियोमा देख्न सकिन्छ ।

केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

सोमबार नै उडिरहेको विमानबाट दुई जना मानिसहरु बाहिरिएका छन् । भने विभिन्न ठाउँहरुमा मानिसहरुको पीडादायक तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ । आइतबार साँझ राष्ट्रपति अशरफ घानी देश छाडेपछि त्यहाँका हजारौ मानिसहरु देश छाडेर बाहिरिने क्रम बढेको हो ।

 

उडिरहेको बिमानबाट तीन जना खसिरहेको कारुणिक दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

तस्वीरहरु : अफगानिस्तान तालिबानको कब्जामा भएपछिको दृश्यहरु र त्यहाँका जनताहरुको पिडादायीक क्षणहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?