नेपालमा कोरोना : बढ्दै सक्रिय संक्रमितको संख्या, २४ घण्टामा ३४ सय बढीमा संक्रमण

लोकपथ
234
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो १५ हजार ६ सय ११ जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् ।

योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या ८ लाख १० हजार ८ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण १० हजार ३ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको हो ।

पछिला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भइरहेको छ । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ९ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ । त्यसो त हालसम्म नेपालमा ६ लाख ८५ हजार १ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप २ हजार ४ सय ५८ जना कोरोना संक्रमणमुक्त भएको तथ्यांकमा देखाइएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९६१ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?