सार्वजनिक हुनुअघि नै स्मार्टफोनको फिचर लिक गर्ने मिडियालाई २ करोड जरिवाना

लोकपथ
975
Shares

काठमाडौं । साओमीले स्मार्टफोन सार्वजनिक हुनुअघि नै मिडियाले फिचर सार्वजनिक गरिदिएको छ । यस्तो गरिदिने मिडियासँगको लडाईंलाई साओमीले निरन्तरता दिएको छ ।

कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘मि मिक्स ४’ अघिल्लो सातामात्रै विश्वबजारमा सार्वजनिक गरेको छ । तर, उक्त स्मार्टफोन सार्वजनिक हुनु दुई दिनअघि नै फोनका सम्पूर्ण जानकारी बाहिरिएपछि कम्पनीले मिडियालाई कारबाही गरेको हो ।

कम्पनीले त्यसरी जानकारी बाहिर ल्याउने मिडियालाई एक लाख ५५ हजार अमेरिकी डलर अर्थात एक करोड ८३ लाख रूपैयाँभन्दा बढी जरिवाना लगाएको छ ।

यस्तै खालका घटना यसअघि सामसङ र एप्पलको हकमा पनि भएको थियो । उनीहरूले पनि सञ्चारमाध्यमलाई ठूलो रकम जरिवानासहित कारबाही गरेका थिए ।

कम्पनीहरूले सार्वजनिक हुनुअघि सञ्चारमाध्यमलाई आफ्नो डिभाइस परीक्षणका लागि उपलब्ध गराउने गर्छन् । त्यसरी उपलब्ध गराउँदा दुई संस्थाबीच मोबाइल सार्वजनिक नहुँदासम्म जानकारी बाहिर ल्याउन नमिल्ने गरी सम्झौता भएको हुन्छ । हाल कुन मिडियालाई कारबाही गरिएको भन्ने विषयमा भने कुनै जानकारी बाहिर आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?