तालिबानको त्रास : सुरक्षित स्थान खोज्दै देश छोड्दा विमानबाट खसे दुई यात्रु (भिडियोसहित)

लोकपथ
2.8k
Shares

काठमाडौं । राजधानी शहर काबुल तालिवानी लडाकुहरुले कब्जा गरेपछि अफगानिस्तान छोडेर बाहिरिने अफगानी नागरिकहरुको संख्या बढिरहेको छ ।

देश छोडेर बाहिरिनेहरुको संख्या बढेसँगै काबुल विमानस्थलमा मानिसहरुको बाक्लो भीड देखिन्छ । भने बाहिरिएका भिडियोहरुमा देखाइए अनुसार विमान चढ्नका लागि मानिसहरुको तछाडमछाड देखिएको छ ।

यसैक्रममा काबुल विमानस्थलबाट उडेको विमानबाट २ जना मानिसहरु खसेका छन् ।

त्यहाँको आस्भा न्यूज एजेन्सीले जारी गरेको भिडियोमा देखाइए अनुसार विमानबाट दुई जना मानिसहरु खसेको देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?