काठमाडौं । सन् ८० को दशकलाई बलिउड अभिनेत्रीको दृष्टिकोणले श्रीदेवीको दशक भनियो । त्यो समय श्रीदेवीको जोडी अभिनेता अनिल कपूरसंग पनि अत्यधिक जमेको थियो ।
श्रीदेवीले आफ्नो अभिनय करियरको थालनी ४ वर्षको उमेरदेखि प्रारम्भ गरेकी थिइन् । बाल कलाकारको रुपमा उनको पहिलो फिल्म ‘कन्धन करुणाई’ थियो भने अभिनेत्रीको रुपमा श्रीदेवीको पहिलो फिल्म ‘सोलवा सावन’ थियो ।
एउटा त्यस्तो समय पनि आएको थियो, जब उनि मिथुनसंग प्रेम बन्धनमा रहदा श्रीदेवीले मिथुनलाई खुशी बनाउनका लागि बोनी कपूरलाई रक्षा बन्धनको दिन राखी बाँधिदिएकी थिइन् ।
आफू र बोनी कपूरबीच केही पनि छैन भनेर मिथुनलाई विश्वास दिलाउनका लागि आफ्ना पूर्वश्रीमान् बोनी कपूरलाई श्रीदेवीले राखी बाँधेको मोनाले एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा बताएकी थिइन् ।
सन् १९८५ मा श्रीदेवीले मिथुनसँग गोप्य विवाह गरेको कुरा पनि बाहिरिएको थियो । तर उनीहरु विवाहको तीन वर्षमा नै एक–अर्काबाट टाढा भए । त्यो समयमा श्रीदेवी बोनी कपूरका फिल्महरुमा काम गर्थिन् ।
त्यही क्रममा बोनीले श्रीदेवीलाई एकतर्फी प्रेम गर्न थालिसकेका थिए । बोनी श्रीदेवीसँग नजिक हुने बहाना खोजिरहन्थे । बोनी कपूर श्रीदेवीकी आमासँग पनि निकै नजिक थिए । त्यही कारणले मिथुन र श्रीदेवीबीच बहस भएको कुरा सञ्चार माध्यमबाट बाहिर आएका थिए ।

त्यसको केही समयपछि बोनी र श्रीदेवीले विवाह गरे । बोनी कपूरले श्रीदेवीसंग विवाह गर्नका लागि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद पनि गरेका थिए । श्रीदेवी र बोनी कपूरले सन् १९९६ मा विवाह गरे । उनीहरुका दुई छोरी छन् ।
श्रीदेवीको सन् २०१८ को फेब्रुअरी २४ का दिन दुबईमा रहस्यमय तरिकाले निधन भएको थियो। त्यो रहस्य अहिले पनि पत्ता लागेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया