कुलमानविरुद्ध हितेन्द्रले दायर गरे सर्वोच्चमा मुद्दा, आफैँलाई पुनः नियुक्त गर्न माग

लोकपथ
3.5k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । सोमबार प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले घिसिङलाई हटाई आफूलाई पुनः नियुक्ती गर्न माग गरेका छन् ।

शाक्यले आफूले पदबाट राजीनामा नदिएको समेत बताउँदै घिसिङलाई हटाउन मागसहित मुद्दा दायर गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

‘आफूनै प्राधिकरणको पदाधिकारी भएको र आफू अहिलेसम्म नहटे साथै नहटाइएको भन्दै हृतेन्द्रदेव शाक्यले आज मुद्दा दर्ता गर्नुभएको छ ।’ उनले भने-‘साथै उहाँले कुलमानलाई हटाउँदै आफूलाई पुनः नियुक्तीको माग गर्नुभएको छ ।’

सरकारले कुलमानलाई दोस्रो पटकका लागि विद्युत प्राधिकरणको नियुक्त गरेको थियो । भने शाक्यलाई उर्जा मन्त्रालय अन्तर्गतको उर्जा विभागमा सहसचिव सरहको सुविधा दिएर सरुवा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?