हाइटी भूकम्प : मृतक संख्या १३ सय पुग्यो

लोकपथ
98
Shares

काठमाडौं । हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १३ सय पुगेको छ ।

सोमबार बिहानसम्म हाइटीमा ज्यान गुमाउनेको संख्या १३ सय पुगेको बीबीसीले जनाएको छ ।

सरकारी अधिकारीका अनुसार पाँच हजार ७०० जना घाइते भएको र सयौँको अवस्था अज्ञात रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि हाइटी सरकारले आपतकालको घोषणा गरेको समाचार संस्था सीएनएनले जनाएको छ ।

सीएनएनका अनुसार सोमबार बिहानसम्म १३ हजार ६९४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको पुष्टि भएको छ । यस्तै, अन्य १३ हजार ७८५ घरमा क्षति पुगेको छ ।

शनिबार बिहान हाइटीमा ७.२ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?