कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख ठगी, यसरी परे पक्राउ विचारमान

लोकपथ
119
Shares

काठमाडौं । प्रहरीले कम्बोडिया पठाइदिन्छु भन्दै ६ जना व्यक्तिसँग रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका१ घर भइ काठमाडौंको फुटुङमा बस्दै आएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तान रहेका छन् ।

मोक्तानले काभ्रे पाँचखाल ८ चिसापानीका ३६ वर्षीय प्रेमबहादुर तामाङसहित ६ जनालाई भिजिट भिषामा कम्बोडिया पठाइदिने भन्दै रकम ठगि गरेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनले प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने भन्दै कम्बोडिया पुगेपछि बोस गार्डमा काम लगाइदिने भन्दै कुल ३९ लाख ठगि गरि सम्पर्कविहिन भएका थिए ।

वैदेशिक रोजगार विभागबाट उनलाई खोजी गरि पक्राउ गर्न माग आएको भन्दै परेको उजुरीको आधारमा मोक्तानलाई आज नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?