२६ श्रावण २०७९, बिहीवार

सामाजिक उद्यम ‘बिहानी’ : बुढेसकालको सारथि

२०७८,भाद्र,१,मंगलवार १०:४८

720
Shares

सेतो कपाल, चाउरी परेको अनुहार, हिँड्नको लागि एक छडी र एक लचिलो शरीर । यो यथार्थ हो कि हामी सबै बुढेसकालसँग जोडिएका छौँ । हाम्रो जीवनको अनिवार्य भाग हो बुढेसकाल । तर बुढेसकालसँगै हाम्रो जीवनमा अनेकौँ समस्याहरू पनि आउने गर्छन् । बुढेसकालमा आउने विभिन्न रोगहरूभन्दा पनि ठूलो समस्या हो, एक्लोपन अथवा सारथिको अभाव ।

अहिले नेपालमा बुढ्यौलीसँग सम्बन्धित रेखदेख संस्थाहरू धेरै छन् । तर युवाहरूको एक समूहले यस्तो चलनलाई तोड्ने काम गरिरहेको देखिन्छ । यो समूहले स्थानीय हजुरबुबा र हजुरआमाहरूलाई विभिन्न गतिविधिहरूमा शारीरिक र सामाजिकरुपमा संलग्न गराउँदै आएको छ । कोही संगीतका लागि चाहना राख्छन् भने कोही गिटार बजाउन रुचि राख्छन् । त्यस्तै केही उनीहरूको ट्याबमा खेल खेल्छन् र कोही आफ्नाहरूसँग विदेशमा बोल्दछन् ।

शिक्षाको कुनै उमेर हुँदैन र जीवन रमाउन बुढेसकालले रोक्दैन । यस्तै भनाइलाई यथार्थमा बदल्ने खालको सोच राखेर सन्तोषी राणाले जन्माएकोे नाम हो, ‘बिहानी’ । यसले एक सामाजिक उद्यम र प्रभावको रूपमा कामहरू गरिरहेको छ ।

बिहानी वृद्धवृद्धाहरूको हेरचाह गर्ने एक उद्यमको रूपमा स्थापित संस्था हो । सन् २०१३ मा स्थापित यस संस्थाले ५० वर्षभन्दा माथिका मानिसहरूसँग सम्बन्धित काम गर्दै आएको छ । उनीहरूको समृद्ध र स्वस्थ्य जीवनलाई बढावा दिने प्रयास गरिरहेको छ । तर यसले वृद्धवृद्धाहरूको लागि मात्र नभई बहुपिँढी मञ्चको भूमिका समेत निर्वाह गरेको छ ।

आफ्नो अनुहारमा एउटा सफलताको मुस्कान झल्काउँदै सञ्चालक सन्तोषी राणा भन्छिन्, ‘यस संस्थाको उद्देश्य भनेको वृद्धवृद्धाहरूका क्षमता, आकांक्षा र अनुभवलाई खेर जान नदिनु हो । यसले आमाबुबा वा वृद्धवृद्धालाई एक सामाजिक र पुरस्कृत जीवनको अनुभव दिनको लागि उनीहरूको बच्चाहरूलाई समेत अवसर प्रदान गर्दछ ।

सञ्चलक सन्तोषी राणाको पृष्ठभूमि

सामाजिक उद्यमशीलतामा उनको प्रवेशभन्दा पहिले सन्तोषी कर्पाेरेट क्षेत्रमा लगभग एक दशकको लागि सबैभन्दा राम्रो ब्रान्डहरूसँग काम गरिरहेकी थिइन् । लेडी श्री राम कलेज, नयाँ दिल्ली भारतबाट अंग्रेजी साहित्यमा स्नातक पूरा गरेपछि उनले ग्राहक सेवा र प्रशिक्षणको क्षेत्रमा जीई क्यापिटल र अमेरिकन एक्सप्रेसजस्ता कम्पनीहरूमा काम गरिन् । उनले लन्डन मिडिया र कम्युनिकेसन म्यानेजमेन्टमा मास्टर गरेकी छिन् ।

लन्डनमा रहँदा, सन्तोषीले हेमोफिलिया सोसाइटी (आनुवंशिक रक्तस्राव विकारबाट प्रभावित सबैको लागि मात्र यूकेव्यापी परोपकार)मा स्वयंसेविकाको भूमिका समेत निर्वाह गरिन् । उनीसँग यूके (सफ्टवेयर, सेवाहरू र जनसम्पर्क र मार्केटी सञ्चार उद्योगको लागि उपकरणहरूको एक अग्रणी) एक मिडिया रिडर र प्रशिक्षण सल्लाहकारको रूपमा पनि काम गरेको अनुभव छ ।

सुरुका ती दिनहरू सम्झिँदै उनी

त्यहाँ मेरो जीवनमा एउटा यस्तो बिन्दु थियो जब म लगातार मेरो उद्देश्य र योगदानको बारेमा प्रश्न गरिरहेकी थिएँ । त्यस प्रश्नको उत्तर थाहा पाउने प्रयासको चरण पार गर्दैगर्दा मैले मेरो कर्पाेरेट जागिर छोडेँ । त्यसपछि सामाजिक काम सुरु गर्ने उद्देश्यले मिडिया र सञ्चार प्रवद्र्धनको अध्ययन गर्न थालेँ । यस दौरानमा, मैले ‘चेन्ज फ्युजन नेपाल’सँग काम गर्ने अवसर पाएँ । जब हामीले ‘पहिलो सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता पुरस्कार’को आयोजना गर्याैँ त्यहाँ विभिन्न व्यक्तिहरू र उद्यमीहरू मैले भेट्ने अवसर मिल्यो । उनीहरूले मलाई आफ्नै उद्यम सुरु गर्न प्रेरणा दिए । अनि मैले एउटा दृढ संकल्पका साथ त्यो बाटोमा हिँड्ने अठोट गरेँ ।

उनले लामो सास फेर्दै थपिन्, ‘त्यो घटनापछि बिहानीको अवधारणा धेरै संगठित रूपमा विकसित भयो । धेरैले जस्तै मैले पनि हाम्रो समाजमा एक समस्याको रूपमा रहेको बुढेसकालको मुद्दालाई कहिल्यै देखेको थिइनँ । जे होस्, जब मैले अनुसन्धान गरेँ र बजारमा खाली ठाउँहरूलाई बुझ्ने कोसिस गरेँ । त्यहाँ वृद्धवृद्धाहरूको हेरचाह गर्ने घरहरू र एनजीओहरूभन्दा बाहिर सेवाहरूको एक स्पष्ट आवश्यकता भएको मैले महसुस गरेँ कि वृद्धवृद्धाहरूलाई बिहानीको आवश्यक छ ।’

एक्लोपनको समेत सहारा बन्दै

यो संस्था एक्लोपनबाट ग्रस्तहरूका लागि समेत सहयोगी बन्दै प्रख्यात हुँदै छ । बिहानीले वृद्ध र अपाङ्गता भएका समावेशी समुदायलाई बढावा दिनको लागि वृद्ध र वयस्कहरूमा ध्यान केन्द्रित गरिरहेको छ ।

राणा भन्छिन्, ‘त्यहाँ पहिले नै समस्याहरू छन् । जस्तैः आमाबाबु जो आफ्नो बच्चाहरूद्वारा छोडिएका छन् । घरमा एक्लै बस्छन् र जो धेरै बाँच्न र नयाँ कुराहरू सिक्न चाहन्छन्, तर सक्दैनन् । हामी उनीहरूकहाँ जान्छौँ, उनीहरूलाई कम्पनी दिन्छौँ र विभिन्न गतिविधिहरूमा संलग्न गराउँछौँ, उनीहरूको हेरचाह गर्न र उनीहरूलाई एक्लो नहुने गरी विशेष महसुस गराउन साथ र सहयोग गर्दछौँ ।’

यो संस्था स्वस्थ सामाजिक सहभागिता र संगठनात्मक विकासको लागि नयाँ बन्धनको गठन हो । यसले ज्ञानसँगै पुस्ताहरूको क्षमताहरूको आदानप्रदानसँग सम्बन्धित विविध सेवा र गतिविधिहरू प्रदान गर्दछ । बिहानीले त्यस्ता वृद्धवृद्धाहरूको संरक्षण गर्ने संस्था, संगठन र व्यक्तिहरूमा ध्यान केन्द्रित गर्दछ ।

यस सामाजिक संस्थाले जनसांख्यिकी परिवर्तन, जनसंख्याको प्रवृत्तिमा भएको परिवर्तन र बुढेसकालसँग सम्बन्धित हुनसक्ने विविध समस्याहरूको सन्दर्भमा जागरूकता र संवेदनशील बनाउनको लागि अपाङ्गता र सामाजिकरूपमा समस्या भोगिरहेकाहरूको बीचमा रहेर काम गर्दछ ।

राणा भन्छिन्, ‘बिहानीले वृद्धवृद्धा मानिसहरूलाई पुनः संलग्न, पुनः अन्वेषण र पुनः बाँच्न सक्षम बनाउँछ । उनीहरूलाई कार्यक्रम र सेवाहरूमार्फत एक श्रृंखला प्रदान गर्दछ, जसलाई सामाजिक संलग्नता, स्वास्थ्य र पुनर्वासमा सहभागिता, संगठनात्मक र उद्यम विकासमा समर्थनजस्ता तीन मुख्य खण्डहरूमा वर्गीकरण गरिएको छ ।

यसले आफ्नो सेवाहरू प्रदानमा समय र वृद्धवृद्धाहरूले भनेको ठाउँअनुसार बिहानीले यसलाई छनौटको प्रक्रियामा आगाडि बढाउँदछ । वृद्धवृद्धारुले आफूलाई मनपर्ने सेवाहरू छनोट गर्न सक्दछन् । कला, संगीत, आत्मरक्षा, भाषा, टेक्नोलोजी, चलचित्र स्क्रीनिङ, पार्क भ्रमण र स्वास्थ्य हेरचाहजस्ता १५ प्रमुख सुविधाहरू सामेल छन् ।

सीप र क्षमतालाई पहिल्याउँदै आर्थिक अब्बलतामा जोड

यस संस्थाले पनि जो व्यक्ति आफ्नो सीपसँग रमाउँछन् ती व्यक्तिहरूकोे सीप वा विशेषज्ञतालाई पहिल्याउँदै त्यही क्षेत्रबाट कमाउन समेत मदत गर्दछ । जस्तै : हाम्रो समाजमा हस्तकलाका काम आमाहरूले गर्दछन् ।

यो एक आफैँ व्यावहारिक रूपमा चुनौतीपूर्ण संस्था होे । तर पनि भविष्यमा यो एक लाभदायक कम्पनीको रूपमा विकास हुने संस्थाले आशा राखेको छ ।

बिहानी सामाजिक उद्यम एक संगठन हो । जसले विभिन्न गतिविधिहरूमा संलग्न गर्नको लागि बुढेसकाल ५० वर्षमाथि लागेकाहरूलाई प्रोत्साहित गरिरहेको छ । भविश्यमा यसले एक नाफामूलक सामाजिक उद्यमको रूपमा आफूलाई र त्यहाँ जोडिनुभएका वृद्धवृद्धाहरूलाई समेत उद्यममार्फत चिनाउन कोसिस गर्दैछ ।

कर्पाेरेट सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह

सामाजिक गतिविधिहरू गैरनाफामुखी र गैरसरकारी संस्थाहरूले मात्र गर्छन् भन्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउन नाफा आर्जन गर्ने कम्पनीहरू पनि सामाजिक गतिविधिहरूलाई महत्व दिन सक्छन् भन्ने यसको धाराण रहेको उनी बताउँछिन् ।
कर्पाेरेट सामाजिक उत्तरदायित्वको रूपमा बिहानीले केही गैरनाफामुखी कामहरू जस्तैः वृद्धाश्रम भ्रमण गर्ने र सामाजिक मनोवैज्ञानिक अस्पताल र डाक्टरहरूसँगको सहयोगमा नियमित स्वास्थ्य जाँच समेत निःशुल्क गर्दै आएको छ ।

बिहानीले अहिले यस्तो अभियान सुरु गरेको छ जो गर्दा बुढेसकालमा हुने एक्लोपनको साहारा बन्दै छ । पहिले नै सेवा प्रदान गरिएका ग्राहकहरूलाई उनीहरूको जन्मदिन होस् या आमाबुबाको मुख हेर्ने दिन होस् उनीहरूलाई कल गर्दै एक नियमित आधारमा यात्रा खर्च र उपहार व्यवस्था गरिन्छ । उनीहरूले एक्लोपनको महसुस नगरुन् भन्ने यसको उद्देश्य हो । ‘बिहानी बुजुर्गहरूसँग काम गर्ने रोजाइका रूपमा पर्नु एक ठोस कारण यो पनि हो’। राणाले भनिन् ।

अन्तर्राष्ट्रिय संगठनहरूको ध्यान

सन् २०१५ देखि २०५० सम्ममा ६० वर्षभन्दा माथिको विश्व जनसंख्याको अनुपात १२ बाट २२ प्रतिशतसम्म झण्डै दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

राणा भन्छिन्, ‘संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठनलगायतका अन्तर्राष्ट्रिय संगठनहरूले वृद्धहरूको समूहको जनसंख्या बढ्दोे क्रममा रहेको देखाएको छ । हाल यी अन्तर्राष्ट्रिय संगठनहरूले उनीहरूको स्वास्थ्य र समग्र वृद्धिमा ध्यान केन्द्रित गरी उनीहरूलाई सम्बोधन गर्ने प्रयास गरेका छन् ।

https://www.who.int/news-room/fact-sheets/detail/ageing-and-health

सन् २०५० सम्म ६० वर्ष वा माथिका मानिसहरूको संख्या ५ वर्षभन्दा कम उमेरका बच्चाहरूभन्दा धेरै हुने पनि बताइएको छ । २०५० मा ८० प्रतिशत वृद्ध मानिसहरू हाम्रोजस्तो निम्न र मध्यम आय भएका देशहरूमा बस्नेछन् ।

सबै देशहरूलाई सुनिश्चित गर्नको लागि उनीहरूको स्वास्थ्य र सामाजिक प्रणालीहरूमा प्रमुख चुनौतीहरूको सामना गर्नुपर्ने पनि बताएका छन् । मानिसलाई मानिसको आवश्यकताको आभास हुन्छ, किनभने मानिस एक्लै बस्न नसक्ने प्राणी हो ।

‘हामी सबै त्यही उमेरमा जाँद छौँ, हामी कतै उमेरमा फरक हुन सक्छौँ तर हामी पनि त्यही हुनेछौँ’, उनी भन्छिन्, ‘हामी काम गरिरहेका छौँ किनकि हामी बुझ्ने कोसिस गर्दै छौँ, बुझ्दै छौं र विश्वास गर्दछौँ कि प्रत्येक मानिसलाई मानिसको आवश्यकता पर्दछ, त्यसैले उनीहरू माया, हेरचाह र उत्पादक बन्न चाहन्छन् ।’

सरकार र युवा पुस्ताको भूमिका बारे बिहानीको धारणा

अघिल्लो वर्ष मात्र सरकारलाई सेवानिवृत्तिको उमेर ६० बाट ५८ सम्म लैजान सिफारिस गरिएको थियो । तर यहाँका ज्येष्ठ नागरिकले स्वास्थ्य सुविधा र भत्ता ६५ वर्षको उमेरबाट मात्र लिन पाउँछन् । त्यसपछि उनीहरूको पहिचान बन्छ ज्येष्ठ नागरिक । त्यसैले जो–कोहीको पहिचान छैन र भत्ताबाट वञ्चित छन् त्यस्ता ज्येष्ठ नागरिकहरूको सारथि को त ? भन्नको लागि यो तर्कको कुनै पनि पक्ष लिन सक्नुहुन्छ, तर बिहानीको चिन्ता यो छ कि सरकारबाट ४ हजार मासिक भत्ता आज उनीहरूको जीवनको लागि पर्याप्त छैन । सन्तोषी भन्छिन्, ‘पहिलेको तुलनामा उनीहरूलाई धेरै राम्रो छ तर यो अझै पर्याप्त छैन ।’

बुज्रुुगहरू आज बाँचिरहेका छन् तर स्थिति चिन्ताजनक छ । यो विषय युवा पुस्तालाई पढाउनुपर्नेे धारणा राख्छिन् राणा ।

समस्या र चुनौतीहरू

अहिलेसम्म काम गरेको अनुुभवको आधारमा भन्दा समस्या व्यक्तिको प्रकृतिसँग सम्बन्धित छन् । धेरै पुराना मानिसहरू डिमेन्सिया, अल्जाइमर, र कहिलेकाहिँ उनीहरू आफ्नो चेतना र वास्तविकताको भावना समेत गुमाउँछन् । उनीहरू तपाईंहरूलाई चिन्दैनन् । उनीहरू असभ्य कुरा गर्न थाल्छन् वा अनुपयुक्त हर्कत गर्छन् । आँखामा निराशाको भाव देखाउँदे उनले भनिन्, ‘कोहिले आफ्नो लुगा फुकालिदिन्छन् भने कोही आफैँ वा हामीलाई चोट पु¥याउने कोसिस गर्छन् । उनीहरूको भावना बुझ्ने कोसिस गर्नुपर्छ ।

त्यस्ता चुनौतीहरूको सामना गर्नको लागि बिहानीले सेवाग्राहीहरूको लागि एक आचार संहिता निर्माण गरेको छ । यसमा उनीहरूसँग कसरी कुरा गर्ने, कुन प्रश्न सोध्ने, कुन स्वरमा र उनीहरूसँग कसरी व्यवहार गर्ने भन्नेबारे दिशानिर्देशहरू सामेल छन् । सुरक्षा सावधानी, मानव स्पर्श र आँखा सम्पर्कको महत्वको बारेमा केही तथ्यहरू छन् ।

अहिले यस संस्थासँग जोडिएका अरु सामाजिक अभियान्ताहरू नियमित प्रशिक्षणमा, अगाध हेरचाह, मनोसामाजिक समर्थन, पैरापेसेवर परामर्श र मनोवैज्ञानिक तवरमा प्राथमिक चिकित्सामा प्रशिक्षण समेत लिइरहेका छन् ।

 

लेखकबाट थप

बाढी पहिरोको त्यो कहर, महिना दिनसम्म पनि कष्टकर जीवन जिउन बाध्य छन् पीडित

लकडाउनले जन्माएको एउटा उदाहरणीय सामाजिक उद्यम : अष्ट्रेलियामा अभ्यास नेपालमा प्रयोग

४ वर्षमा २ पिल्लर : धादिङको रिमाल्डी पुल, लापरवाह र गैरजिम्मेवार विकासे प्रथा

महिला उद्यमी श्याम बदन : जसले दुर्लभ नेपाली संस्कृतिलाई क्राफ्ट्को माध्यमबाट ३८ वर्षदेखि विदेशमा चिनाईन्

प्रकाशित मिति: २०७८,भाद्र,१,मंगलवार १०:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । बिहीबार दिउँसो ४ बजेबाट सिंहदरबारमा मन्त्रिपरिषद बैठक

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ

ताजा समाचार

एनएसएल असोज चौथो साताबाट
 २०७९,श्रावण,२६,बिहीवार १६:४४
सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
 २०७९,श्रावण,२६,बिहीवार १६:२२