काबुल विमानस्थलमा गोली चल्यो

लोकपथ
585
Shares

काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलामा गोली चल्दा ३ जनाको मृत्यु भएको छ ।

विमानस्थलमा गोलाबारी कसले गर्यो भन्नेबारे केही नखुलाइएको बीबीसीले जनाएको छ ।

विमानस्थलमा धेरै भीड भएपछि यसअघि अमेरिकी सेनाले पटक पटक हवाइ फायर गरेका समाचारहरु बाहिरिएका थिए ।

आफ्ना नागरिकहरुको उद्धारका लागि भन्दै काबुल विमानस्थललाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर राखेको छ ।

राजधानी शहर काबुल तालिबानीहरुले कब्जा गरेपछि त्यहाँका राष्ट्रपतिले आइतबार नै देश छाडेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?