काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका विषयमा प्रतिनिधिसभा र आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुप्रति चिन्ता व्यक्त गरेपछि सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
उनले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षिति रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न तथा उनीहरुको यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया