सांसद बास्कोटाको व्यङ्ग्य : ‘परमादेश सरकारले मादल बज्दा पनि सुनेन’

लोकपथ
520
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न माग गरेका छन् ।

आज बसेको प्रनिनिधिसभाको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद बास्कोटाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सार्क राष्ट्रको अध्यक्षता गरिरहेको मुलुक नेपालले अफगानिस्तानमा नेपालीहरुलाई अफ्ठ्यारो परिरहे पनि वर्तमान सरकार त्यसमा सरकार मौन रहेको आरोप लगाएका छन् ।

‘सार्क राष्ट्रको अध्यक्षता गरिरहेको मुलुक त्यस देशको सरकार, त्यसमाथि कफर्टेबल सरकार जनताप्रति उत्तरजकवी केशरीराजले भनेजस्तो दुनियाँ मादल बज्दा पनि ब्युँझिएन । उसले केही थाहा पाएन ।’ बास्कोटाले भने ।

उनले सरकारले अफगानिस्तानबाट आफ्ना नागरिकहरु उद्दार गरेर ल्याउने प्रतिबद्धता मात्रै कार्यन्वयन गर्न आग्रह गरे ।

‘हामी चाहान्छौँ त्यहाँ रहेका नागरिकहरुको रक्षा हुनुपर्दछ तिनको फिर्तिको व्यवस्था मिलाइनुपर्दछ । र त्यो फेरि कुनै प्रतिबद्धताले पुग्दैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?