अख्तियारद्वारा वीरगञ्जको नारायणी अस्पतालमा छापा

लोकपथ
49
Shares

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ ।

अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।

अख्तियार, हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले नारायणी अस्पतालमा छापा मारेको पुष्टि गरे । उनका अनुसार औषधिमा व्यापक अनियमितता भइरहेको सूचनाको आधारमा छापा मारिएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?