काठमाडौं । सरकारले प्रदेश २ का प्रमुख डा. राजेश अहिराजलाई पदमुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिराजलाई प्रदेश २ प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेको एक मन्त्रीले बताए ।
यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत २०७७ फागुन ७ गते प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो।
डा. झालाई हटाएर उनको स्थानमा सरकारले हरिशंकर मिश्रलाई नियुक्त गरेको छ। मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया