काठमाडौं । नागढुङ्गाबाट लागुऔषध गाँजासहित एक युवा पक्राउ परेका छन् ।
उदयपुर चौदन्डीगडी नगरपालिका–४ बस्ने २४ वर्षीय सुदिप राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १ किलो ९ सय ग्राम अवैध लागुऔषध गाँजासहित राई पक्राउ परेका हुन् ।
ग.१ ख ६४७५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बसमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त गाँजासहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।