यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

लोकपथ
105
Shares

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

विद्रोही तालिबाानले राज्य सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुको ज्यान जोखिममा परेको छ । त्यस घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीहरुलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति सरकारको गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरुलाई सकुशल शीघ्र उद्धार गर्ने । त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक रुपमा कार्य अघि बढाउन निर्देशन दिने ।’

त्यस्तै बैठकले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको आमरण अनशनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ ।

उनीहरुका ती माग कूटनीतिक पहलमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको लन्डनमा जारी आमरण अनशनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरिएको प्रवक्ता कार्कीले बताए । सरकारले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?