अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्ने सरकारको निर्णय

लोकपथ
105
Shares

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?