काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारीकताबारे महन्थ ठाकुरले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै छ ।
जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
सोमबारका लागि न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
गत साउन ११ गते निर्वाचन आयोगले बहुमत कार्यकारिणी समितिको सदस्यताको आधारमा उपेन्द्र पक्षलाई आधिकारीकता दिएको थियो । जसबाट आफूहरुलाई अपूरणीय क्षति पुगेको भन्दै त्यसको खारेजीको मागसहित महन्थले रिट दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया